सरकारले ल्यायो १७ खर्ब ९३ अर्बको बजेट, राजस्वबाट १२.४ खर्ब उठाउने (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा चालु आवकोभन्दा डेढ खर्ब बढीको बजेट पेश गरेका हुन् ।

 

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब  र स्थानीय तथा प्रदेशको अनुदानका लागि ४ खर्ब २९ अर्ब ८३ करोड (२४ प्रतिशत) विनियोजन गरिएको छ ।

 

उक्त रकम स्रोत जुटाउन राजस्वबाट १२ खर्ब ४० अर्ब ११, २ खर्ब ५६ आन्तरिक र २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य राखेको छ । यस्तै, ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिनेछ ।

 

सरकारले चालु आवका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

 

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो Read Previous

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

विद्युत् प्राधिकरणको आइपीओ खुल्ने Read Next

विद्युत् प्राधिकरणको आइपीओ खुल्ने