काठमाडौं । वैदेशिक रोजगारीमा गएकाहरुलाई प्राथमिक साधरण सेयर (आइपीओ)मा १० प्रतिशत कोटा छुट्याइएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
हाल सामूहिक लगानी कोष र सम्बन्धित कम्पनीका कर्मचारीहरुका लागि मात्रै आइपीओमा कोटा छुट्याइने गरिएको छ ।