काठमाडौं । सरकारले नागढुंगा–नौबीसे–मुग्लिन–पोखरा सडक विस्तारका लागि १० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटमा उक्त रकम विनियोजन गरेका हुन् ।
२०७७ मा सुरु भएको यस आयोजनाको निर्माण अवधि सकिन २ वर्षमा मात्र बाँकी रहेको छ । एडिबीको ऋण सहयोगमा उक्त सडक चार लेनको बनाउन लागिएको हो ।
मुग्लिन–पोखरा खण्डको पहिलो प्याकेजका लागि सिसिसि (चाइना कम्युनीकेसन कम्पनी) ले ठेक्का पाएको थियो । सो कम्पनीसँग आबुखैरेनीदेखि पोखरासम्म ८० किलोमिटर सडक विस्तारको ठेक्काका लागि सम्झौता भएको हो ।
आँबुखैरेनी–मुग्लिन पश्चिम खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । ६ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण हुने गरी काम भइरहेको छ ।