माथिल्लो अरुणका लागि १ अर्ब, जलाशययुक्त दूधकोशीका लागि ९४ करोड

काठमाडौं । सरकारले विद्युत उत्पादन बढाउन माथिल्लो अरुणका लागि १ अर्ब र दूधकोशीका लागि ९४ करोड बजेट विनियोजन गरेको छ ।

 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

 

६३५ मेगावाट उत्पादन क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र १ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजना कार्यान्वयन अघि बढाइने उनले बताए ।

 

‘माथिल्लो अरुण जलविद्युत् आयोजनाको लागि १ अर्ब र दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि ९४ करोड रुपैया विनियोजन गरिएको छ,’ मन्त्री शर्माले भने ।

रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड Read Previous

रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड

नियमनको दायरामा नआएका संस्थाहरु नियमन गर्न छुट्टै निकाय बनाइने Read Next

नियमनको दायरामा नआएका संस्थाहरु नियमन गर्न छुट्टै निकाय बनाइने