काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आगामी आथिक वर्ष २०७९/८० को बजेटमा उक्त रकम छुट्याइएको हो ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना विकासको पूर्व तयारीका गरिने छ । गरिने सरकारको योजना रहेको छ ।
रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि र विरगञ्ज–काठमाडौं रेलमार्ग तथा काठमाडौं उपत्यकामा मेट्रोरेलको विस्तृत अध्ययन गरिने जनाइएको छ ।