राष्ट्रिय गौरवका मुख्य सडकलाई १ खर्ब ५ अर्ब बजेट, कुनलाई कति ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका सडक आयोजनाहरुका लागि १ खर्ब बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा मुख्य सडकलाई १ खर्ब ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

 

सरकारले पूर्व–पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई कम्तीमा चार लेनको एसियन हाइवेको स्तरमा स्तरोन्नति गर्ने नीति अनुरुप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीब्रता दिने सरकारको योजना रहेको छ ।

 

साथै काँकडभिट्टा–लौकही, पथलैयाँ–कमला तथा पथलैया–नारायणगढ खण्डको निर्माण कार्य सुरुगर्ने आगामी नीति ता कार्यक्रममा उल्लेख गरिएको छ ।

 

यसैगरी, आगामी आर्थिक वर्षमा काठमाडौं–तराई– मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि ३० अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

 

फास्ट ट्रयाक तोकिएको समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीव्रता दिइने सरकारको योजना रहेको छ । आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

 

यस्तै, हुलाकी राजमार्ग निर्माणका लागि सरकारले ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ भने पुष्पलाल (मध्यपहाडी) राजमार्गका लागि ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

द्रुत रुपमा सम्पन्न गर्ने तथा गल्छी–रसुवागढी सडकलाई दुई लेनको कालोपत्र स्तरमा स्तरोन्नति, चन्द्रनिगाहपुर–गौर सडक चार लेनमा स्तरोन्नति र भारतीय सीमा नजिकका प्रुख व्यापारिक नाकालाई पूर्व– पश्चिम राजमार्गसँग जोडुने सडक स्तरोन्नति कार्यलाई प्राथमिकता हिइने आगामी नीति तथा कार्यक्रममा उल्लेख छ । यस आयोजनाका लागि चालु आवर्का बजेटमा ८ अर्ब १३ करोड रुपयाँ बजेट विनियोजन गरिएको थियो ।

 

यस्तै, मदन भण्डारी राजमार्ग निर्माणका लागि १ अर्ब रुपैयाँ, राष्ट्रिय गौरवका कालीगण्डकी, कोशी र कर्णाली कोरिडोरको निर्माण एवं स्तरोन्नतिका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ ।

चितवन जोड्ने ३ वटा फास्ट ट्रयाक बनाउने सरकारको घोषणा, यस्तो छ रुट Read Previous

चितवन जोड्ने ३ वटा फास्ट ट्रयाक बनाउने सरकारको घोषणा, यस्तो छ रुट

आगामी वर्षको बजेट संसदमा पेश (लाइभ) Read Next

आगामी वर्षको बजेट संसदमा पेश (लाइभ)