काठमाडौं । सरकारले चितवनलाई प्राथमिकतामा राख्दै ३ नयाँ द्रुतमार्ग (फस्ट ट्रायक) निर्माण गर्ने घोषणा गरेको छ ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं र चितवन एक घण्टामा यात्रा गर्न सकिने गरी चन्द्रागिरी–पालुङ–चित्लाङ-चितवन द्रुतमार्ग घोषणा गरे ।
यस्तै, निजी क्षेत्रमार्फत चितवन–रामपुर–पोखरा र चितवन–रामपुर–बुटवल द्रुतमार्ग बनाउन लगानी बोर्डमार्फत् प्रक्रिया थाल्ने समेत बजेटमा उल्लेख छ ।