काठमाडौं । सरकारले काठमाडौं तराई मधेश द्रतमार्ग (फास्टट्रयाक) निर्माण आगामी ३ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
अर्थमनत्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा उक्त रकम विनियोजना गरिएको हो ।
फास्ट ट्रयाक तोकिएको समयमै सम्पन्न गर्ने गरी निर्माण कार्य तीब्रता दिइने सरकारको योजना रहेको छ । कुल ७२.५ किलोमिटर लम्बाई रहेको फास्ट ट्रयाक १ खर्ब ७५ अर्ब रुपैयाँमा सम्पन्न हुने अनुमान गरिएको थियो ।
आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । चालु आर्थिक वर्षमा उक्त आयोजनाका लागि ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।