सर्वोच्चले रोकेको निजगढ विमानस्थल निमार्ण गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण कार्य अघि बढाउने भएको छ । बिहीबार सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निमार्ण कार्य अघि नबढाउन आदेश दिए पनि सरकारले अघि बढाउने भएको हो ।

 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट संसदमा प्रस्तुत गदै यस्तो बताएका हुन् । निजगढ विमानस्थलको निमार्णका लागि ढाँचा निमार्ण गरी लगानी बोर्ड नेपाल मार्फत आयोजना विकास कार्य अघि बढाइने उनले बताए ।

 

यसैगरी, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा संञ्चालनमा ल्याइने बताए । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड बजेटमा विनियोजन गरिएको छ ।

 

यसैगरी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमाानस्थलको दोस्रो टर्मिनल भवन निर्माण गरीने उनले बताए । धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गर्नुका साथै, सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्मार्ण गरीने बजेटमा उल्लेख छ ।

काठमाडौंमा खानेपानी ल्याउन १ अर्ब ९२ करोड विनियोजन Read Previous

काठमाडौंमा खानेपानी ल्याउन १ अर्ब ९२ करोड विनियोजन

फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड बजेट छुट्याइयो Read Next

फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड बजेट छुट्याइयो