काठमाडौं । सरकारले अब ६८ वर्ष पुगेको बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।
हाल ७० वर्ष पुगेपछि मात्र बृद्ध भत्ता पाइने व्यवस्था छ ।