काठमाडौं । अब घरजग्गा कारोबार गर्न सरकारबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र पाउने छन् । आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
सरकारले सरकारले घरजग्गा कारोबार व्यवस्थित र पारदर्शी बनाउन बनाउन अनुमति प्राप्त व्यक्ति र संस्थालाई मात्र कारोबार गर्न अनुमति दिइने बताएको हो ।
‘घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शि बनाउन आधिकारीक निकायबाट अनुमति प्राप्त व्यक्ति वा कम्पनीमार्फत कारोबार गर्ने प्रबन्ध मिलाइने छ,’ मन्त्री शर्माले भने ।