सम्पर्कविहीन जहाज खोज्न पोखराबाट उड्यो सेनाको हेलिकप्टर

काठमाडौं । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्नका लागि पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।

 

पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो ।

 

पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई तीव्र बनाइएको छ ।

 

यसअघि जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो ।

८ महिनामा ३२५ किमी सडक कालोपत्र, रेलको जम्मा १.५ किमी ट्रयाकबेड निर्माण Read Previous

८ महिनामा ३२५ किमी सडक कालोपत्र, रेलको जम्मा १.५ किमी ट्रयाकबेड निर्माण

७ दशकमा ३२ हजार गुणाले बढ्यो बजेटको आकार Read Next

७ दशकमा ३२ हजार गुणाले बढ्यो बजेटको आकार