श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुंगाका स्थानीयका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले १५ करोड ९३ लाख रुपैयाँ बराबरको १५ लाख ९३ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

 

निष्काशन हुने कुल सेयरमध्ये आयोजनाको संरचना रहेको रामेछापको (लिखु तामाकोशी गाउँपालिकाको वडा नं. २, ३ र ४) र ओखलढुंगा (लिखु गाउँपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ )का बासिन्दाका लागि ७० प्रतिशत (११ लाख १५ हजार १०० कित्ता) सेयर छुट्याइएको छ ।

 

त्यसैगरी, आयोजनाको प्रसारणलाइन पर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ र रामेछाप नगरपालिकाको वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत (३ लाख ९८ हजार २५० कित्ता) र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाख ५ प्रतिशत (७९ हजार ६५० कित्ता) सेयर छुट्याइएको छ ।

 

कम्पनीको आइपीओमा स्थानीयले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असार २१ गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

 

कम्पनीको आइपीओमा सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा, नेपाल एसबीआई बैंकको यसम शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई  रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीमा २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

२२ नाफा सार्वजनिक संस्थान नाफामा, १९ घाटामा Read Previous

२२ नाफा सार्वजनिक संस्थान नाफामा, १९ घाटामा

मध्यपहाडी क्षेत्रका १० 'नयाँ सहर' बजेटको प्राथमिकतामा Read Next

मध्यपहाडी क्षेत्रका १० 'नयाँ सहर' बजेटको प्राथमिकतामा