२२ नाफा सार्वजनिक संस्थान नाफामा, १९ घाटामा

काठमाडौं । हाल संचालनमा रहेकामध्ये २२ सार्वजनिक संस्थान मात्र नाफामा रहेका छन् । सरकारले शनिबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक समीक्षा स्थिति २०७९ अनुसार संचालनमा रहेका सार्वजनिक संस्थानमध्ये २२ नाफामा र १९ वटा घाटामा रहेका हुन् ।

 

यस्तै, नाफामा रहेका सार्वजनिक संस्थानहरुको खुद नाफामा पनि भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफामा ४५.४२ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७७/७८ तुलनामा मा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

 

कुल सञ्चालन आय भने अघिल्लो वर्षको तुलनामा केही बढेको छ । अघिल्लो आर्थिक वर्ष कुल सञ्चालन आय ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा १.५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक संस्थानहरुबाट गत आर्थिक वर्षमा जम्मा ६ अर्ब ७२ करोड १४ लाख लाभांश प्राप्त भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ५२.३३ प्रतिशतले कम हो ।

 

आर्थिक वर्ष २०७७/७८ मा पनि विश्वव्यापीरूपमा फैलिएको कोभिङ–१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि चालिएका कदमबाट समग्र अर्थतन्त्र नै प्रभावित हुन गएको अवस्थाका कारण सार्वजनिक संस्थानको कार्यसम्पादनमा समेत केही संकुचन आएता पनि सार्वजनिक संस्थानको समग्र वित्तीय स्थिति भने सन्तोषजनक रहेको सरकारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

 

आर्थिक वर्ष २०७७/७८ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा ३.३५ प्रतिशतले वृद्धि भई १ खर्ब १३ अर्ब ५६ करोड ५९ लाख पुगेको जनाइएको छ । त्यसैगरी संस्थानहरुको सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ३६.३६ प्रतिशतले कमी आई २१ अर्ब ७८ करोड ६६ लाख रुपैयाँबराबर कायम भएको छ ।

 

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो Read Previous

६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आइपीओ निष्काशन गर्ने