हरित हाइड्रोजन प्रवद्र्धन गर्न प्राधिकरण र काठमाडौं विश्वविद्यालय बीच सहकार्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ विश्वविद्यालयबीच अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युत्को राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्य गर्ने सहमत भएका छ ।

 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।

 

यो समझदारीले मुख्यतः नेपालमा हरित हाइड्रोजन प्रविधिको उत्थान गर्न नेपाल विद्युत् प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्नेछ ।

 

प्राधिकरणको गत वैशाख ७ गते बसेको ९०७ औँ बोर्ड बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युत्को राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’सम्बन्धी काठमाडौँ विश्वविद्यालयबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएका छन् ।

 

दुवै पक्षबीच हरित हाइड्रोजन प्रविधिको अनुसन्धान गर्न, ग्रीडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँदे मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने सहमति भएको काठमाडौँ विश्विद्यालयले जनाएको छ ।

'निजगढ विमानस्थल निर्माण रोक्नु दूर्भाग्य, विकास आयोजनामा अदालत छिर्‍यो' Read Previous

'निजगढ विमानस्थल निर्माण रोक्नु दूर्भाग्य, विकास आयोजनामा अदालत छिर्‍यो'

दैलेखामा पेट्रोलियम पदार्थ उत्खनन गर्न २ वर्ष समय थप Read Next

दैलेखामा पेट्रोलियम पदार्थ उत्खनन गर्न २ वर्ष समय थप