आयल निगमको भलवाडीस्थित डिपोमा दुई ट्यांकरमा आगलागी

लुम्बिनी । नेपाल आयल निगमको रुपन्देहीको भलवाडीस्थित डिपोमा आज लागेको आगो नियन्त्रणमा आएको छ ।बिहान११ः४० बजेको तेल खनाउने क्रममा लु२ख २६५६ र लु२ख ५६८५ नम्बरको ट्याङ्करमा लागलागी भएको थियो ।

 

आगलागीबाट लु२ख २६५६ नम्बरको ट्याङ्कर पूर्णरुपमा क्षति भएको र अर्कोमा आंशिक क्षति पुगेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

 

आगलागीबाट ट्याङ्करका दुई जना सामान्य घाइते भएकोसमेत उनले बताए । घाइतेमध्येका एक सहयोगी तिलोत्तमा नगरपालिका–९ का १८ वर्षीय विजेश चौधरीको हात र खुट्टा जलेको र उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार भइरहेकोे छ ।

 

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।रासस

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने ८ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने ८ कम्पनी

कोहलपुर-सुर्खेत प्रसारण लाइन : म्याद सकिन लाग्दा समेत रुख कटान हुन सकेन Read Next

कोहलपुर-सुर्खेत प्रसारण लाइन : म्याद सकिन लाग्दा समेत रुख कटान हुन सकेन