नेप्सेमा लगातार तेस्रो दिन बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन बढोत्तरी आएको छ । यस साता सुरुका दुई कारोबार दिनमा ३० अंकले बढेको नेप्से आज ८ अंकले बढेको हो ।

 

सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १६ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।

 

बिहीबार नेप्से ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा पुगेको छ । यसदिन २२२ कम्पनीको ८८ करोड ८७ लाख ८१ हजार ९०८ रुपैयाँ बराबरको २३ लाख २० हजार ८१६ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको घटेको छ । बैंकिङ समूह सबैभन्दा धेरै ०.९८ प्रतिशतले बढेको छ भने अन्इ समूह ०.८६ प्रतिशतले घटेको छ ।

 

आज मेगा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण काबेली ४ अर्ब र नबिल बैंक साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

एकले अंकले बढेको बजारमा आज मेगा बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

त्यसैगरी, नारायणी विकास बैंक ६.२०, कुमारी इक्वीटी फण्ड ५.२६, ग्रीन लाइफ हाइड्रो ४.०३, कुमारी बैंक, एनआइबीएल समृद्ध फण्ड–२ र सेञ्चुरी कमर्शियल बैंकको मूल्य ३ प्रतिशतले बढेको छ । त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३, एनसीसी बैंक र गणपति माइक्रोफाइनान्सका सेयरधनीले साढे २ प्रतिशत कमाएका छन् ।

विश्वभर खाद्य संकटको त्रास : धमाधम निर्यात रोक्दै उत्पादक मुलुक, जोहो गर्न छैन सरकारको तयारी Read Previous

विश्वभर खाद्य संकटको त्रास : धमाधम निर्यात रोक्दै उत्पादक मुलुक, जोहो गर्न छैन सरकारको तयारी

रक्सौल-काठमाडौं रेलमार्ग प्राथमिकतामा, आगामी  वर्षभित्रै सर्भे सकिने Read Next

रक्सौल-काठमाडौं रेलमार्ग प्राथमिकतामा, आगामी वर्षभित्रै सर्भे सकिने