
काठमाडौं । गत साता तीव्र उतरचडाव देखिएको सेयर बजारमा यो साता पहिलो दिन नै दोहोरो अंकको गिरावट आएको छ । आइतबार सूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १६.०५ अंकले घटेर ११३९.२५ अंकमा पुगेको छ । आज १६६ कम्पनीको २२ करोड ६९ लाख ५० हजार २३८ रुपैयाँको कारोबार भएको छ । ८ लाख ४८ हजार ६६२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका ११ वटा समूहमध्येमा अन्य समूह बाहेक अरु सबै समूहको सूचक घटेका छन् । अन्य समूहको सूचक ०.६८ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १२४.२९ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ११.३३ अंकले ओरालो लागेको छ ।
कारोबार रकमको आधारमा शिबम् सिमेन्टको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ८० लाख ६३ हजार ४४७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा गण्डकी विकास बैंकको प्रमोटर सेयर र नेपाल लाइफ इन्सुरेन्सको प्रमोटर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । गण्डकीको १ करोड ६५ लाख र नेपाल लाइफको १ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज वेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ४.५५ प्रतिशतले बढेके छ भने रिलायन्स फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ८.३३ प्रतिशतले घटेको छ ।