राष्ट्र बैंकको सञ्चालक सिवाकोटी र आचार्य नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि सिवाकोटी र डा. शंकर आचार्यलाई नियुक्त भएका छन् ।

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैंठकले उनीहरुलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।

 

श्रीराम पौडेल र रामजी रेग्मी अवकाश भएपछि राष्ट्र बैंकको सञ्चालक पद रिक्त थियो । सोही रिक्त पदमा सिवाकोटी र आचार्य नियुक्त भएका हुन् ।

 

सिवाकोटी यसअघि राष्ट्र बैंकमै डेपुटी गभर्नर थिए भने आचार्य नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् ।

एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ? Read Previous

एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

पार्टीले लज्जास्पद हार व्यहोरेपछि रवीन्द्र मिश्रले दिए अध्यक्षबाट राजीनामा Read Next

पार्टीले लज्जास्पद हार व्यहोरेपछि रवीन्द्र मिश्रले दिए अध्यक्षबाट राजीनामा