एकैपटक दुई कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कुनले कति कित्ता ?

काठमाडौं । दुई कम्पनीले ३० करोडभन्दा बढीको प्राथमिक साधरण सेयर(आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् ।

 

नेपाल धितोपत्र बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनलाई मंगलबार आइपीओ जारी गर्न अनुमति दिएको हो ।

 

आदर्श लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२.३७ प्रतिशत आइपीओ जारी गर्ने भएको हो ।

 

लघुवित्तको आइपीओ जारी गर्न यसअघि नै सेयर निष्काशन तथा विक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरिसकेको छ ।

 

यसैगरी, राप्ती हाइड्रोले पनि प्रतिकित्ता १०० रुपैयाँ दरमा २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

 

राप्तीले चुक्ता पूँजीको ४८ प्रतिशत आइपीओ जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आइपीओ जारी गर्नेछ । यसको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

'गेम चेञ्जर' ५ जलविद्युत् आयोजना अघि बढाइँदै, कुन कति मेगावाटको ? Read Previous

'गेम चेञ्जर' ५ जलविद्युत् आयोजना अघि बढाइँदै, कुन कति मेगावाटको ?

राष्ट्र बैंकको सञ्चालक सिवाकोटी र आचार्य नियुक्त Read Next

राष्ट्र बैंकको सञ्चालक सिवाकोटी र आचार्य नियुक्त