सरकरको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत (लाइभ)

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा पेश भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

 

नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्य लिइएको छ । सरकारले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।

 

नारायणघाट-बुटवल सडकमा ठेकेदारको लापरबाही : न समयमै सडक बनायो, न खाल्डै पुर्‍यो Read Previous

नारायणघाट-बुटवल सडकमा ठेकेदारको लापरबाही : न समयमै सडक बनायो, न खाल्डै पुर्‍यो

योजना आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने Read Next

योजना आयोगबाट सिफारिस नभएका आयोजनाले बजेट नपाउने