काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन र सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
साल्ट ट्रेडिङले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४८२ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यसैगरी, सेन्ट्रल फाइनान्सले पनि गत वर्षको नाफाबाट वितरण गरेको ७.७ प्रतिशत बोनसबापतको ६ लाख ७८ हजार ३९७.४९ कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।