हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति ? (सूचीसहित)

काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल सरचार्ज) वृद्धि गरेका हुन् ।फ्युल सरचार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढेको हो ।

 

निगमले सोमबारदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल सरचार्ज बढाएका हुन् ।

 

नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा ९० देखि ४४५ रुपैयाँसम्म वृद्धि भएको छ ।

 

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं-धनगढीको भाडा ४४५ रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं-धनगढी १५ हजार ६६५ कायम भएको छ भने काठमाडौं-सिमराको भाडा ३ हजार ७२५ रुपैयाँ कायम भएको छ भने

 

काठमाडौं-भद्रपुर ११ हजार ९३५, काठमाडौं-विराटनगर ९ हजार ३२५, काठमाडौं-जनकपुर ५ हजार २५०, काठमाडौं-भरतपुर ४ हजार ४३५ र काठमाडौं-पोखरा ६ हजार ३०५ कायम भएको छ । काठमाडौं-भैरहवा ७ हजार ८८०, काठमाडौं-नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौं-तुम्लिङटार ७ हजार ४६० कायम भएको छ ।

 

माउन्टेन फ्लाइटको भाडादर १३ हजार ७६५ रुपैयाँ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १६६ रुपैयाँ छ ।

 

तरलता अभावको प्रभाव : अस्तव्यस्त अर्थतन्त्र Read Previous

तरलता अभावको प्रभाव : अस्तव्यस्त अर्थतन्त्र

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सिमाङ्कन अन्तिम चरणमा Read Next

गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सिमाङ्कन अन्तिम चरणमा