काठमाडौं। बैंकिङ्ग कसुर गरेको आरोपमा बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकका बहालवालादेखि पूर्व कर्मचारीहरु समेत रहेका छन्।
श्रेष्ठलाई ५ करोड रुपैयाँ ऋण दूरुपयोग बारे उजुरी परेपछि पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलेले जानकारी दिएको छ ।
उनले मिलेमतोमा हेटौंडाका सुरेन्द्र श्रेष्ठलाई ऋण दिँदा बैंकमा पेश गरेका नक्कली कागजातको आधारमा धितोमा ऋण दिएको पुष्टि भएको छ ।
सुरेन्द्रले झापाको जग्गा धितोमा राखेर बैंकबाट ऋण लिएर तिर्न छाडेपछि बैंकले सम्पति लिलामी गरेर उठाउन खोजेको थियो। उनले राखेको धितो खोज्दै जाँदा खोला बगेको भेटियो।
यो मुद्दामा बैंक व्यवस्थापनले भने अजयको कुनै कसुर नभएको जनाएको छ।