‘सार्वजनिक यातायातलाई विद्युतीय बनाउन निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ’

काठमाडौं । हाल देशभर १५ लाख बढी सार्वजनिक यातायात सवारी रहेका छन् । उक्त सवारी साधनहरु पेट्रोलीयम पदार्थबाट सञ्चालन हुने गरेका छन् । ती मध्ये २ प्रतिशत भन्दा कम सवारीसाधन विद्युत्बाट सञ्चालन हुने गरेका छन् ।

 

अहिले उपत्यकामा विद्युत्बाट चल्ने सवारीको रुपमा ट्याम्पो मात्र रहेको छ । विद्युत्को खपत बढाउने योजनासहित सार्वजनिक यातायातलाई विद्युतीयकरण गर्न आवश्यक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले बताइन् ।

 

उनले २०३० सम्म यातायात क्षेत्रमा २८ प्रतिशत खरिद विक्री उत्सर्जन घटाउने लक्ष्यसाथ मन्त्रालय अघि बढेको बताइन् । सार्वजनिक यातायातलाई विद्युतीकरण  गरे डिजेल पेट्रोलका कारण भोग्नु परेको व्यापार घाटा घट्ने उनले बताइन् ।

 

‘अहिले हामी पेट्रोलमा परनिर्भर छौं, उताबाट रोक्यो भने अर्को कुनै उपाय छैन, त्यस माथि व्यापारघाटा थपिएको थपिएकै छ, त्यसलाई घटाउन पनि सार्वजनिक सवारी साधन विद्युतीयकरण गर्न आवशयक छ, मन्त्री यादवले भनिन् ।

 

उनले फोहरबाट समेत ग्यास उत्पादन गरेर त्यसले ट्याम्पो चलाउन सकिने बताइन् । उनले उक्त आयोजनाका लागि धरानमा २५० ट्याम्पु चलाउन अनुमति दिइसकेको उनले जानकारी दिइन् । धरानमा उक्त ग्यासबाट २५ वटा सार्वजनिक ट्याम्पो सञ्चालनमा आइसकेको उनको दाबी छ ।

 

हाल काठमाडौं र विभिन्न स्थानमा चार्जिङ स्टेसन विकास हुँदै गरेका हुँदा देश विद्युतीकरणतर्फ अघि बढ्न थालेको र यो सकरात्मक रहेको बताइन् ।

 

यस्तै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक सवारी साधन विद्युतीकरण गर्ने काम निजी क्षेत्रलाई दिनुपर्ने बताइन् । निजी क्षेत्रलाई सहुलियत दिएर पेट्रोलियम गाडीलाई विद्युतीय करण गर्न जिम्मा लगाउनु पर्ने उनले बताइन् ।

 

उनले देखाउन मात्र नभई सर्वसाधरणले सेवा पाउने गरी विद्युतीय सवारी सञ्चालन गर्नुपर्ने बताइन् । ‘विद्युतीय बस देखाउन मात्र नल्याएर हुँदैन । सबै जनताका लागि ल्याउनु पर्छ, नेपालको डर लागदो व्यापार घाटा घटाउन विद्युतीय खपत बढाउनु नै पर्छ,’ मन्त्री झाँक्रीले बताइन् । उनले प्लानिङ सहित निती तथा नियम बनाएर सिार्वजनिक सवारी साधनलाई विद्युनतीयकरण गर्नुपर्ने बताइन् ।

 

कोहलपुरमा नमूना बसपार्क निर्माण अन्तिम चरणमा Read Previous

कोहलपुरमा नमूना बसपार्क निर्माण अन्तिम चरणमा

रिभर फल्स पावरको आइपीओमा साढे ८ गुणा बढी आवेदन, कतिले भरे ? Read Next

रिभर फल्स पावरको आइपीओमा साढे ८ गुणा बढी आवेदन, कतिले भरे ?