रिभर फल्स पावरको आइपीओमा साढे ८ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । रिभर फल्स पावरको प्राथमिक साधरण सेयरमा मागभन्दा झन्डै साढे ८ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइपीओ भर्ने अन्तिम दिन आज साँझ सवा ५ बजेसम्म १८ लाख ३८ हजार ४३१ जनाले २ करोड ११ लाख ३२ हजार ८२० कित्ताका लागि आवेदन दिएक छन् ।

 

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ८.३२ गुणा बढी हो । अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

 

कम्पनीले वैशाख २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर विक्रीमा ल्याएको थियो ।

 

निष्काशित कुल सेयरमध्ये ५४ हजार ६०० कित्ता, कम्पनीका कर्मचारी, १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी माइनस आइएस’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १०।३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेगावाट लागत १८ करोड ६ लाख १५ हजार रुपैयाँ रहने जनाइएको छ ।

'सार्वजनिक यातायातलाई विद्युतीय बनाउन निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ' Read Previous

'सार्वजनिक यातायातलाई विद्युतीय बनाउन निजी क्षेत्रलाई सहुलियत दिनुपर्छ'

४८७ पालिकाको नतिजा सार्वजनिक : माओवादी पनि शतक नजिक, कुन दलले कति जिते ? Read Next

४८७ पालिकाको नतिजा सार्वजनिक : माओवादी पनि शतक नजिक, कुन दलले कति जिते ?