नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

 

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध Read Previous

थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

बेनी-कोरोला सडकको ७० प्रतिशत काम सम्पन्न, कालोपत्र सुरू Read Next

बेनी-कोरोला सडकको ७० प्रतिशत काम सम्पन्न, कालोपत्र सुरू