थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

काठमाडौं। रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा थप ४ वटा संस्थाहरू आबद्ध भएका छन्। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले बुधबार सूचना प्रकाशित गरी थप ४ संस्थाहरु आबद्ध भएको जनाएको हो ।

 

‘ख’ र ‘ग’ वर्गका ४ वित्तीय संस्थाहरु आरटीजीएस प्रणालीमा आवद्ध भएको र आजैदेखि डाइरेक्ट पार्टिसिपेण्टको रुपमा आबद्ध भई कारोबार गर्ने जनाएको छ ।

 

आरटीजीएस प्रणालीमा थप भएका ‘ख’ वर्गको मितेरी डेभलपमेन्ट बैंक रहेको छ । यसैगरी, ‘ग’ वर्गमा वित्तीय संस्थामा मितेरी डेभलपमेन्ट बैंक लि।नेपाल फाइनान्स, इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनी रहेको छ ।

 

ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने छन् ।

 

रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ ।

सिटिजन्स बैंकका कार्ड बाहकले र्‍याडिसन होटलमा विशेष छुट पाउने Read Previous

सिटिजन्स बैंकका कार्ड बाहकले र्‍याडिसन होटलमा विशेष छुट पाउने

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा थप एक कम्पनीको बोनस सेयर सूचीकृत