सार्वजनिक सवारी भाडामा ब्रह्मलुट, १६ किमीको भाडा ५०० रुपैयाँ

बझाङ । बझाङको बुङगल नगरपालिकामा चल्ने सार्वजनिक यातायात जीपले मनोमानी भाडा असुल्ने गरेका छन् ।

 

जिल्लाको केदारस्युँ गाउँपालिका ३ बाग्थला बजारदेखि बुङगल नगरपालिका ४ विजगडासम्म १६ किलोमिटर दुरीको प्रतिव्यक्ति ५०० रुपैयाँ भाडा असुल्ने गरेका हुन् ।

 

यसअघि उक्त दुरीको २५० भाडा लिइरहेका यातायात व्यवसायीहरु पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै आफूखुसी ५०० रुपैयाँ असुल्न थालेका छन् ।

 

अन्तर्राष्ट्रिय रुपमा तेलको मूल्य वृद्धि भए पनि निर्धारीत भाडादर भन्दा तीन गुणा बढी असुल्दा समेत स्थानीय प्रशासन लगायत सरोकारवालाहरु मौन छन् । गत वर्ष भदौमा बसेको जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्थापन समितिका पदाधिकारीहरुको बैठकले जिल्ला भित्र चल्ने सार्वजनिक सवारी जिपको भाडा निर्धारण गरेको थियो ।

 

उक्त बैठकले साविकको भाडामा २५ प्रतिशतले वृद्धि गरी पक्की सडक खण्डको प्रति किलोमिटर ६.२५ र अन्य कच्ची सडक खण्डको प्रति किलोमिटर १० रुपैयाँ कायम गरेको थियो ।

 

व्यवसायीहरले प्रशासनले निर्णय गरेपनि कार्यानवयन नहुँदै भाडादर झनै दोब्बले बढाएका छन् । जबकी प्रशासनले उक्त भाडादर कायम गर्ने समयमा यस सडक खण्डको भाडादर १६० हुनुपर्नेमा २५० रुपैयाँ थियो ।पछिल्लो अवधिमा पनि उक्त भाडादर कायम गरिनुको सट्टा प्रतिकिलोमिटर ३१ रुपैयाँ २५ पैसा लिइरहेका छन् ।

 

स्थानीय निकायको बेवास्था र जिम्मेवार निकायको गैरजिम्मेवारीले सर्वसाधारणले भने निकै सास्ती भोगिरहेका छन भने जनप्रतिनिधि र सरकारी निकाय मूकदर्शक छन् ।

मूल्य वृद्धिले जनताको ढाड सेक्दा पनि सरकार मूकदर्शक, छैन नियन्त्रणको प्रयास Read Previous

मूल्य वृद्धिले जनताको ढाड सेक्दा पनि सरकार मूकदर्शक, छैन नियन्त्रणको प्रयास

तीन जीवन बीमा कम्पनीलाई मर्ज हुन समितिको स्वीकृति Read Next

तीन जीवन बीमा कम्पनीलाई मर्ज हुन समितिको स्वीकृति