गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख विमानस्थललाई दिने तयारी

काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी जर्मनीको म्युनिख विमानस्थललाई दिने तयारी गरेको छ ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल सञ्चालनको लागि विभिन्न देशका विमानस्थलले चासो देखाएको भएपनि म्युनिखले ठोस प्रस्ताव ल्याएको बताएका छन् ।

 

शनिबार पत्रकारहरुसँग भएको अनौपचारिक छलफलमा भट्टराईले म्युनिखले यो विमानस्थल जिटुजी मोडलबाट संचालन गर्ने प्रस्ताव ल्याएको र उक्त प्रस्तावको निकै नजिक रहेर छलफल भइरहेको र छिट्टै निश्कर्षमा पुगिने बताए ।

 

यो विमानस्थल आगामी डिसेम्बरसम्म निर्माण सकिने र त्यसपछि संचालनको प्रक्रिया थालिने उनले जानकारी दिए ।साथै विमानस्थलमा उडानका लागि वायुसेवा कम्पनीलाई आकषिर्त गर्न छिट्टै आकर्षक प्याकेज समेत सार्वजनिक गरिने उनले जानकारी दिए ।

 

भैरहवा विमानस्थल निर्माण भइ सञ्चालनमा आइसकेपछि नेपाल प्रवेश विन्दु पनि भैरहवा हुनेछ । अहिले नेपाल प्रवेश विन्दु एक मात्रै सिमरा रहेकोमा अब भैरहवाबाट पनि अन्तर्राष्ट्रिय विमान आउन सक्नेछन् ।

 

याे विमानस्थलको एसियाली विकास बैंक(एडीबी) को ऋण सहयोगमा  निर्माण भइरहेको छ । २०२३ सालमा भारत सरकारको सहयोगमा निर्मित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चीनको नर्थ वेस्ट कम्पनिले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको छ ।

उत्तर कोरियाली लगानी फिर्तालान सरकारको आदेश र एफडीआईको भविष्य Read Previous

उत्तर कोरियाली लगानी फिर्तालान सरकारको आदेश र एफडीआईको भविष्य

दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्ला, कहाँ–कहाँबाट पाइन्छ टिकट (भाडादरसहित) Read Next

दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्ला, कहाँ–कहाँबाट पाइन्छ टिकट (भाडादरसहित)