३ जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ३ जीवन बीमा कम्पनीको सेयर कारोबार आजदेखि रोक्का हुने भएको छ ।

 

गत बिहीबार (वैशाख २९ गते) एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै युनियन लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको हो ।

 

अब मर्जर प्रक्रिया टुंगएर एकीकृत कारोबार नहुन्जेल तीनै कम्पनीको सेयर खरिदविक्री गर्न पाइने छैन । मर्जरपछि यी ३ बीमा कम्पनीको सेयर कारोबार एउटै कम्पनीको नामबाट हुनेछ ।

 

 

अपर तामाकोशी १ अर्ब ६५ करोड नोक्सानीमा, ५ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ? Read Previous

अपर तामाकोशी १ अर्ब ६५ करोड नोक्सानीमा, ५ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ?

नेप्सेमा सूचीकृत आधा बढी जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनले कति कमाए ? Read Next

नेप्सेमा सूचीकृत आधा बढी जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनले कति कमाए ?