भारतले फेरि बढाएर पठायो इन्धनको नयाँ मूल्यसूची, केमा कति बढ्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

 

आइओसीले निगमलाई सोमबार (जेठ २ गते) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ ।

 

अब पेट्रोल खरिद लागत १९१.०२ रुपैयाँ र डिजेलको १८७ रुपैयाँ रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले भारतले पनि बढाएर पठाएको हो ।

 

निगमले स्थानीय चुनाव लगत्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धि गरेको थियो । अहिले पेट्रोल प्रतिलिटर १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ रहेको छ ।

 

पेट्रोलियम पदार्थको विक्रीबाट आगामी १५ दिनमा मात्रै ४ अर्ब २९ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ ।

६९५ मेगावाटको अरुण-४ भारतीय कम्पनीले बनाउने, नेपाली नागरिकले २५% सेयर पाउने Read Previous

६९५ मेगावाटको अरुण-४ भारतीय कम्पनीले बनाउने, नेपाली नागरिकले २५% सेयर पाउने

बजेट बारे देशभरबाट उत्साहजनक चासो, यस्ता आए सुझावहरू Read Next

बजेट बारे देशभरबाट उत्साहजनक चासो, यस्ता आए सुझावहरू