गत वर्ष लाभांश दिएका यी २६ लघुवित्तले गरे बोनस सेयर सूचीकृत

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश दिएकामध्ये अहिलेसम्म झन्डै आधा लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

 

नेप्सेमा सूचीकृत ५३ वटा (हालै सूचीकृत भएका समेत) लघुवित्त मध्ये ४६ वटाले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका थिए । सोमध्ये ४४ वटाले साधरण सभाका लागि बुकक्लोज गरी अधिकांशले लाभांश पारित समेत गरिसकेका छन् । वीन नेपाल र किसान लघुवित्तको भने साधरण सभाका लागि बुक्लोज हुन बाँकी छ ।

 

सभाबाट लाभांश पारित गरेकामध्ये हाल (चैत ३० गतेसम्म) २६ लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भइसकेको छ भने १८ वटाको सूचीकृत हुन बाँकी छ ।

 

लाभांश दिएका ४६ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले दिएको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७०.६८ प्रतिशत लाभांश दिएको छ ।

 

यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।

 

यी हुन् गत वर्षको बोनस सूचीकृत गर्ने लघुवित्तहरू

 

हालसम्म गत वर्षको नाफाबाट बोनस सेयर दिएकामध्ये २६ वटा लघुवित्तले नेप्सेमा सो सेयर सूचीकृत गरेका छन् । जसमा महिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, सबैको लघुवित्त, छिमेक लघुवित्त, उन्नति सहकार्य र इन्फिनिटी लघुवित्त रहेका छन् ।

 

त्यसैगरी, ग्लोबल आइएमई, लक्ष्मी, साधना, साना किसान, आशा, आरएमडीसी, स्वरोजगार, विजया, मेरो माइक्रोफाइनान्स, सिभिल, गणपति, वोमी, गुराँस, मनकामना स्मार्ट, कालिका लघुवित्त र फर्स्ट माइक्रोफाइनान्स, महुली लघुवित्त र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

कपिलवस्तुमा ६ अर्ब लगानीमा सिमेन्ट उद्योग खुल्दै Read Previous

कपिलवस्तुमा ६ अर्ब लगानीमा सिमेन्ट उद्योग खुल्दै

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम आधा सकियो Read Next

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम आधा सकियो