जेठमा बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले जेठमा पनि वैशाखकै ब्याजदर कायम गर्ने निर्णय गरेको हो ।

 

ब्याजदर बढाए पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको भन्दै संघले नबढाउने निर्णय गरेको हो । यससँगै अब जेठमा पनि वैशाखमा कायम भएको ब्याजदर नै लागू हुनेछ ।

 

वाणिज्य बैंकहरूले चैत र वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ ब्याजदर कायम गरेका थिए । अब जेठमा पनि यही लागू हुनेछ ।

 

गत साता मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही जेठमा ब्याजदर बढ्न सक्ने बताएका थिए । तर, बैंकर्स संघले भने ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

 

 

डलर संचितिमा सुधार, ३ करोड डलर थपियो Read Previous

डलर संचितिमा सुधार, ३ करोड डलर थपियो

चिनियाँ सामग्रीको आयात बन्द Read Next

चिनियाँ सामग्रीको आयात बन्द