काठमाडौं उपत्यकामा मदिरा विक्री वितरणमा प्रतिबन्ध, सेवन गर्न पनि नपाइने

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा विक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् ।

 

ती कार्यालयले अलग अलग सूचना जारी गर्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा विक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् ।

 

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा विक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए।

 

जिल्लाका छ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा विक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।

 

भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म कुनै पनि मदिरा विक्री तथा सेवन निधेष गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिइन् ।

 

मदिरा विक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उनले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा विक्री एवं सेवनमा रोक लगाएको उनले जानकारी दिइन् ।

 

निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ विक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताइन् ।

 

यसैगरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा विक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ ।

 

 

इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको अनुमतिपत्र खारेज Read Previous

इन्टरनेट सेवा प्रदायक रोयल नेटवर्कको अनुमतिपत्र खारेज

रुसी धनाढ्यको आश्रयस्थल बन्दै दुबई : महँगा अपार्टमेन्टको माग उच्च, सम्पत्ति खरिद ६७% वृद्धि Read Next

रुसी धनाढ्यको आश्रयस्थल बन्दै दुबई : महँगा अपार्टमेन्टको माग उच्च, सम्पत्ति खरिद ६७% वृद्धि