रुसी धनाढ्यको आश्रयस्थल बन्दै दुबई : महँगा अपार्टमेन्टको माग उच्च, सम्पत्ति खरिद ६७% वृद्धि

काठमाडौं । संयुक्त अरब इमिरेटस् (यूएई) रुसी धनाढ्यहरुको आश्रयस्थलको रूपमा देखा परेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुको प्रतिबन्धको प्रभावबाट जोगिन रुसी धनाढ्यहरु भागेर दुबई जाने क्रम बढेको हो ।

 

पछिल्लो साढे २ महिना यता रूसी अर्बपति र उद्यमीहरू अभूतपूर्व संख्यामा संयुक्त यूएई आइपुगेका छन् । सन् २०२२ को पहिलो तीन महिनामा रुसीहरूद्वारा दुबईमा सम्पत्ति खरिद ६७ प्रतिशतले बढेको एक रिपोर्टले जनाएको छ।

 

युएईले रुसमाथि प्रतिबन्ध लगाएको छैन भने युक्रेनमाथि गरेको आक्रमणको आलोचना गरेको छैन । अधिकांश युरोपेली देशहरुले रसियनलाई प्रतिबन्ध लगाए पनि यूएईले सबै रुसी नागरिकहरूलाई सजिलै भिसा दिइरहेको छ ।

 

एकीन तथ्यांक नभएपनि हजरौँको मानिसले रुस छाडेको बताइएको छ । एक रुसी अर्थविद्ले बताएअनुसार युद्ध सुरु भएको १० दिनमै २ लाख बढी रुसी नागरिकले देश छाडेका थिए । यसमा पनि विशेषगरी बौद्धिक क्षमतावान्हरूले देश छाड्ने क्रम बढ्दा रुसले ठूलो स्तरमा ‘ब्रेनड्रेन’ (बौद्धिक पलायन)को सामना गरिरहेको बताइएको छ ।

 

रुस छाडेर जानेहरूको प्रमुख गन्तव्यमा दुबई रहेको छ । दुबईमा कम्पनी स्थापना गर्न मद्दत गर्ने भिर्चुजोनका प्रमुख जर्ज होजे भन्छन्, ‘युद्ध सुरु भएयता हामीले पाँच गुणा बढी रुसी ग्राहक पाइरहेका छोँ । उनीहरू सबै आगामी आर्थिक क्षतिबारे चिन्तित छन् । त्यसकारण आफ्ना सबै सम्पति सुरक्षित राख्न दुबई मा बसाइँ सरिरहेका छन् ।’

 

यसरी रुसी धनाढ्यहरूको व्यपाक चहलपहलले दुबईमा लक्जरी भिला र महँगा अपार्टमेन्टहरूको माग पनि ठूलो मात्रामा वृद्धि गराएको छ । घरजग्गा सम्बन्धी व्यसायीहरूले बताए अनुसार यसले यूएईभर सम्पत्तिको भाउ पनि बढाइदिएको छ ।

 

दुबईमा आएका रूसीहरू घरहरू किन्न खोजिरहेका छन्। । रुसीहरूले दुबईमा लगानीका लागि मात्र सम्पत्ति खरिद नगरेर त्यस ठाउँलाई वास्तवमै आफ्नो दोस्रो घर समान दर्जा दिइरहेको व्यवसायीहरू बताउँछन् ।

दुबईमा रहेको रियल इस्टेट एजेन्सी बेटरहोम्सले सन् २०२२ को पहिलो तीन महिनामा रुसीहरूद्वारा सम्पत्ति खरिद दुई तिहाइले बढेको फेला पारेको छ। अर्को घरजग्गा एजेन्सी, मोर्डन लिभिङका अनुसार बढ्दो माग पूरा गर्न धेरै रूसी भाषी एजेन्टहरूलाई काममा राखेको छ। प्रमुख कार्यकारी थियागो काल्डासले भने कि उनीहरूलाई तुरुन्तै दुबईमा सार्न खोजिरहेका रूसी नागरिकहरूबाट धेरै कलहरू प्राप्त भइरहेका थिए।

 

रुसमा ‘ब्रेनड्रेन’

 

अहिले रुसबाट वौद्धिक पलायन हुने क्रम तीव्र छ । पछिल्लो समय धेरै बहुराष्ट्रिय कम्पनीहरू र रुसी स्टार्टअपहरूले पनि आफ्ना कर्मचारीहरूलाई यूएईमा स्थानान्तरण गरिरहेका छन्।

 

वीवे भन्ने प्राविधिक कम्पनीका मालिक फड फटुलेभ युक्रेनमा युद्ध सुरु भएपछि सयौँका सङ्ख्यामा कर्मचारीहरूसँग दुबई बसाइँ सरेका हुन् । फड भन्छन्, ‘युद्धले हाम्रो व्यवसायमा वास्तवमै भयानक प्रभाव पार्यो । त्यसैले हामीले रुसमा कारोबार जारी राख्न सकेनौँ र सयौँ मानिसलाई रुस र युक्रेनबाट दुबई ल्याएका हौँ ।’ यूएईमा एकदम सुरक्षित आर्थिक तथा राजनीतिक वातावरण भएकाले नै आफूहरूको पहिलो छनोटमा परेको उनको भनाइ छ ।

 

उनी थप भन्छन्, ‘रूसी व्यवसायहरू बाहिर सर्दै थिए किनकि उनीहरूलाई प्रतिबन्धका कारण सञ्चालन गर्न अविश्वसनीय रूपमा गाह्रो भइरहेको थियो। अन्तर्राष्ट्रिय ग्राहकहरू र ब्रान्डहरूसँग व्यवहार गर्ने कम्पनीहरूका लागि चुनौती अझ तीव्र थियो, किनकि अधिकांश पश्चिमी फर्महरूले रूसी आधारित उद्यमहरूसँग सम्बन्ध तोडेका छन् ।’

 

रसियामा कार्यालय बन्द गर्ने गोल्डम्यान साक्स, जेपी मोर्गन र गुगल जस्ता ग्लोबल फर्महरूले पनि आफ्ना केही कर्मचारीहरूलाई दुबईमा स्थानान्तरण गरिरहेका छन्। ‘त्यहाँ पक्कै पनि ब्रेन ड्रेन भइरहेको छ। अहिले धेरै व्यवसायिक प्रतिबन्धहरू भएकाले धेरै मानिसहरू छाडिरहेका छन्,’ उनले भने ।

 

रुसी धनाढ्यलाई आश्रय

 

रुसको केन्द्रीय बैंकलाई विदेशी बैंकहरूमा विदेशमा रहेको अर्बौं विदेशी सञ्चितिमा प्रयोग गर्नबाट रोक लगाइएको छ । केही रूसी बैंकहरू स्विफ्ट वित्तीय सन्देश प्रणालीबाट हटाइएका छन्।

 

विदेशी मुद्रा भण्डारका लागि रूसी सरकारले पूँजी प्रतिबन्धहरू लागू गरेको छ । रुसले अहिले नागरिकहरुलाई १० हजार डलरभन्दा बढी पैसा देश बाहिर लैजान प्रतिबन्ध लगाएको छ ।

 

नगद स्थानान्तरण गर्न गाह्रो भएकोले धेरै रूसी खरीददारहरूले क्रिप्टोकरन्सीहरूमा भुक्तानीहरू गरिरहेका छन्। केही खरिदकर्ताहरूसँग एक मध्यस्थ छ जसले क्रिप्टोमा भुक्तानी लिनेछ र त्यसपछि खरिदकर्ताको तर्फबाट विक्रेतालाई नगद पठाउनेछ ।

 

यूएई र साउदी अरेबिया लगायत खाडी राष्ट्रहरूले रुसमाथि प्रतिबन्ध लगाउन पश्चिमी सरकारहरूको आह्वानलाई अस्वीकार गरेका छन्। युक्रेनमा रूसको आक्रमणको निन्दा गर्न फेब्रुअरीमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को मतदानमा तीन देश अलग्गै बसेका थिए । जसमा चीन र भारतसँगै यूएई एक थियो। रसियालाई संयुक्त राष्ट्र मानव अधिकार परिषदबाट निलम्बन गर्न अप्रिल ७ मा भएको महासभाको मतदानमा पनि यसले अनुपस्थित रह्यो।

 

यूएईलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) विश्वव्यापी वित्तीय अपराधको निगरानी गर्ने संस्थाले ‘ग्रे लिस्ट’ मा राखेको केही महिनापछि रूसी लगानीमा वृद्धि भएको हो। यसको मतलब देशले मनी लान्ड्रिङ र आतंकवादी वित्तीयलाई रोक्नको लागि आफ्नो प्रयासहरूको बढ्दो अनुगमनको सामना गरिरहेको छ।

 

यूएई सरकारले भित्री लगानीलाई नियमन गर्न महत्त्वपूर्ण उपायहरू गरेको दाबी गरेको छ । र, सुधारका लागि क्षेत्रहरूमा एफएटीएफसँग नजिकबाट काम गर्न प्रतिबद्ध रहेको बताएको छ। –बीबीसी

 

काठमाडौं उपत्यकामा मदिरा विक्री वितरणमा प्रतिबन्ध, सेवन गर्न पनि नपाइने Read Previous

काठमाडौं उपत्यकामा मदिरा विक्री वितरणमा प्रतिबन्ध, सेवन गर्न पनि नपाइने

नेप्सेमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Next

नेप्सेमा उछाल, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी