दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार

काठमाडौं । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुई तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित  शनिबारदेखि मोबाइल मेला सुरु हुने भएको हो ।

 

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ । त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप वितरण गरिनेछ ।

 

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

 

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्रण्डका स्मार्टफोन वितरण गरिनेछ ।

 

मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निशुल्क बीमा हुनेछ भने निशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ । त्यसै गरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरु कार्तिक १७ गतेसम्म लागू हुनेछन् ।

 

उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।

 

मोवाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने छ । अफर भित्र पनि अफर अन्तरगत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शून्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

 

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध गराइने राईले बताए ।

 

मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।

 

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अवधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

भीभीआइपीले चढ्ने डेढ अर्बको हेलिकप्टर काठमाडौं आइपुग्यो Read Previous

भीभीआइपीले चढ्ने डेढ अर्बको हेलिकप्टर काठमाडौं आइपुग्यो

बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने, ३० हजारले रोजगारी पाउने Read Next

बाँकेको नौवास्तामा औद्योगिक क्षेत्रको निर्माण हुने, ३० हजारले रोजगारी पाउने