भीभीआइपीले चढ्ने डेढ अर्बको हेलिकप्टर काठमाडौं आइपुग्यो

काठमाडौं । अति विशिष्ट व्यक्तिहरूको सवारी प्रयोजनको लागि भनेर सरकारले किनेको हेलिकप्टर काठमाडौं आइपुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको हो ।

 

सरकारले इटालीबाट १ अर्ब ४० करोड रुपैयाँमामा सो हेलिकप्टर खरिद गरेको हो । यो हेलिकप्टरको स्वामित्व र सञ्चालन नेपाली सेनाले गर्नेछ । यसको दर्ता भने नागरिक उड्डयन प्राधिकरणमा भएको छ । सामान्यतया सेनाका हेलिकप्टर तथा जहाजको नियमन नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्दैन ।

 

यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ।यसको नेपाली दर्ता नम्बर ‘नाइएन–पिएमए’ रहेको छ। अहिले आठ सिट रहेको यो हेलिकप्टरमा भीभीआइपीले प्रयोग गर्ने भएकाले सिट घटाउन सकिने छ।

 

दशैं नजिकिएसँगै तरकारीको मूल्य ह्वातै बढ्यो, प्याजको मूल्य दोब्बर Read Previous

दशैं नजिकिएसँगै तरकारीको मूल्य ह्वातै बढ्यो, प्याजको मूल्य दोब्बर

दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार Read Next

दशैंको बेला सिटिसी मलमा मोबाइल मेला, बाली ट्रीपदेखि स्कूटर उपहार