काठमाडौं । डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढे पनि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्दा नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन नाफा पनि २३.४० प्रतिशतले बढेर ६२ करोड १४ लाख रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ७ अर्ब ७३ करोड निक्षेप संकलन र ७ अर्ब ८५ करोड सापटी लिइ कुल १७ अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ४५ करोड संचित रहेको छ ।
खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५९.७५ रुपैयाँबाट घटेर ४१.९१ रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा भने ०.५३ प्रतिशतबाट बढेर ०.५९ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको प्रतिसेयर नेटवर्थ २०५.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.९१ गुणा रहेको छ ।