ईसेवा मनी ट्रान्सफर र रोमानियाको स्मिथ एण्ड स्मिथ बीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

 

रेमिट्यान्स् भुक्तानी सम्झौतामा ईसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरे ।

 

सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन्।

 

साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको ईसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ। यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका ईसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट(नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ।

 

ईसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ बोनस रकम समेत प्राप्त गर्न सकिनेछ। हाल ईसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट ईसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक ५,००० तथा बम्परमा ५०,००० रुपैयाँ समेत जित्न सकिनेछ।

वर्खायाम सुरु हुनुभन्दा पहिले नै मेलम्चीको पानी बन्द गरिने, हिउँदमा मात्र आउने Read Previous

वर्खायाम सुरु हुनुभन्दा पहिले नै मेलम्चीको पानी बन्द गरिने, हिउँदमा मात्र आउने

डिप्रोक्स लघुवित्तको खुद नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था Read Next

डिप्रोक्स लघुवित्तको खुद नाफामा गिरावट, यस्तो छ वित्तीय अवस्था