नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । अघिल्ला दुई कारोबार दिनमै ८० अंकले घटेको नेप्से आज ३७ अंकले घटेको हो । यस साता नेप्से समग्रमा ११७ अंकले घटेको छ ।

 

सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम ३९ करोडले बढेर डेढ अर्ब नाघेको छ ।

 

बिहीबार नेप्से ३७.०७ अंकले घटेर २२३८.६२ विन्दुमा आइपुगेको छ । यसदिन २३२ कम्पनीको १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ रुपैयाँ बराबरको ४६ लाख ७४ हजार ९४० कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.९४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज करोबारमा आएको २३२ कम्पनीमध्ये जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

 

आज सूर्य लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे ८ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक साढे ६ करोड र नबिल बैंक साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

 

उच्च अंकले घटेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

घट्दो बजारमा आज एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ७.१३ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रोपावर, मैलुङ खोला, शिव श्री र युनियन हाइड्रोपावरको सेयर मूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

त्यस्तै, ग्रीन भेन्चर्स, पञ्चकन्या माइ र बुद्धभूमि नेपालको ६ प्रतिशतले घटेको छ भने नेपाल फाइनान्स, लिबर्टी इनर्जी, इमजिङ नेपाल, प्रिमियर इन्स्योरेन्स, सान्जेन हाइड्रोपावरका सेयरधनीले साढे ५ प्रतिशत गुमाएका छन् ।

साझाका विद्युतीय बस आज टेकुमा जाँच गरिँदै Read Previous

साझाका विद्युतीय बस आज टेकुमा जाँच गरिँदै

नारायणघाट-बुटवल सडक : काम सक्नुपर्ने बेलामा रुख कटान पनि सकिएन, २ वर्ष म्याद थप्न माग Read Next

नारायणघाट-बुटवल सडक : काम सक्नुपर्ने बेलामा रुख कटान पनि सकिएन, २ वर्ष म्याद थप्न माग