मिसावटयुक्त मसला बेच्दै दुगड स्पाइस, ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा विक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो । विभागले उक्त उद्योगलाई भविष्यमा गुणस्तरीय उत्पादन गर्न निर्देशन दिएको छ ।

 

यसैबीच, राष्ट्रिय उपभोक्ता मञ्चले एक विज्ञप्ति जारी गरी उक्त उद्योगका उत्पादन सेञ्चुरी ब्राण्डका मसलाहरू उपभोग गर्दा होशियार रहन आम उपभोक्तामा अनुरोध गरेको छ ।

उत्पादक राष्ट्रहरू किन घटाउन चाहदैनन् तेलको भाउ ? Read Previous

उत्पादक राष्ट्रहरू किन घटाउन चाहदैनन् तेलको भाउ ?

भक्तपुरको हनुमन्ते खोलामा निर्माणाधीन पुल लच्कियो Read Next

भक्तपुरको हनुमन्ते खोलामा निर्माणाधीन पुल लच्कियो