भक्तपुरको हनुमन्ते खोलामा निर्माणाधीन पुल लच्कियो

काठमाडौं । भक्तपुरस्थित हनुमन्ते खोलामा निर्माणाधीन पक्की पुल भासिएको छ । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल यस साता वर्षासँगै आएको बाढीले क्षति पुर्याएको हो ।

 

बाढीले पुलको फर्म अड्याउन बनाइएको बेसमेन्ट बगाउँदा पुलको बीचभाग  लच्किएको हो। पुलमा अहिले ढलान गर्नका लागि डण्डीहरु मिलाउने काम भइरहेको थियो । उक्त पुल चाँडै नै ढलान गर्ने तयारी गरिएको छ ।

 

यो पुललाई गत वर्षको बाढीले पनि क्षति पुर्‍याएको स्थानीय बताउँछन् ।  ठेकेदारको लापरबाही र ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ ।

मिसावटयुक्त मसला बेच्दै दुगड स्पाइस, ३ लाख जरिवाना Read Previous

मिसावटयुक्त मसला बेच्दै दुगड स्पाइस, ३ लाख जरिवाना

अमेरिकाले नेपाललाई ८० अर्ब अनुदान उपलब्ध गराउने Read Next

अमेरिकाले नेपाललाई ८० अर्ब अनुदान उपलब्ध गराउने