सबैभन्दा महँगो सेयर मूल्य भएको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५५.६९ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार चैतसम्म १० करोड २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

यो अघिल्लो आवको सोही अवधिको तुलानामा ३ करोड ५७ लाख बढी हो । गत वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ६ करोड ८२ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र संचालन मुनाफामा वृद्धि वृद्धि हुँदा लघुवित्तको खुद नाफामा पनि बढोत्तरी आएको हो । समीक्षा अवधिमा लघुवित्तले १ अर्ब २४ करोड निक्षेप संकलन र २ अर्ब ७३ करोड सापटी लिइ कुल ४ अर्ब ३८ करोड कर्जा प्रवाह गरेको छ ।

 

हाल १४ करोड ७५ लाख चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड ७९ हजार रुपैयाँ संचित रहेको छ ।

 

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९०.४२ रुपैयाँ छ । लघुवित्तको खराब कर्जा २.८४ प्रतिशतबाट बढेर २.९७ प्रतिशत पुगेको छ भने मूल्य आम्दानी अनुपात ३८.२१ प्रतिशत छ ।

 

महिला लघुवित्त नेप्सेमा सूचीकृत ५३ लघुवित्तमध्ये सबैभन्दा महँगो सेयर मूल्य भएको लघुवित्त हो । यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३४७२ रुपैयाँ छ ।

एनएमबी बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने Read Previous

एनएमबी बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

निगमको अवस्थामा सुधार : ८ महिनामा साढे ८ अर्ब आम्दानी, गन्तव्य विस्तारमा आक्रमक Read Next

निगमको अवस्थामा सुधार : ८ महिनामा साढे ८ अर्ब आम्दानी, गन्तव्य विस्तारमा आक्रमक