एनएमबी बैंकको ऊर्जा ऋणपत्र विक्री खुल्यो, न्यूनतम २५ कित्ता भर्नुपर्ने

काठमाडौं । एनएमबी बैंकले आजदेखि ‘एनएमबी ऊर्जा ऋणपत्र ४ प्रतिशत २०९३/९४’ नामको ऋणपत्र विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल ३५ लाख कित्ता ऋणपत्र मध्ये २१ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ। सर्वसाधरणको १४ लाख कित्तामध्ये पनि ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

 

१५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले यस अघि गत जेठमा पनि ऊर्जा ऋणपत्र निष्काशन गरेको थियो।

 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा वैशाख २५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै ऋणपत्र नबिकेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन पाइने छ ।

 

ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

बैंकको ऋणपत्रलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ्ग दिएको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ।

 

अडिट गर्दा जोड-घटाउमा थोरै तलमाथि भए पनि अर्थतन्त्रमा नै असर गर्छ : अर्थमन्त्री Read Previous

अडिट गर्दा जोड-घटाउमा थोरै तलमाथि भए पनि अर्थतन्त्रमा नै असर गर्छ : अर्थमन्त्री

सबैभन्दा महँगो सेयर मूल्य भएको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था Read Next

सबैभन्दा महँगो सेयर मूल्य भएको महिला लघुवित्तको यस्तो छ वित्तीय अवस्था