नेपालमा बोसको विक्री सम्पर्क कार्यालय खुल्यो, १ हजार बढी सेकेन्डरी ग्राहकलाई सेवा दिने

काठमाडौं । मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ ।

 

भारतमा १०० वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालयमार्फत बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो । नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेका तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको छ ।

 

एसिया र प्रशान्त क्षेत्रमा इन्जिनियरिङ तथा उत्पादनमूलक क्षेत्रको विस्तार र स्थानीयकरणमा गतिशील विकासले गर्दा प्रगतिका अवसरहरु बढेका छन् । यस क्षेत्रमा लामो इतिहास र परम्परा बोकेको बोसले स्थानीय बजारमा आफ्ना उत्पादनको सशक्त उपस्थिति गराएर पदचाप बलियो बनाउने प्रयास निरन्तर जारी राखेको छ ।

 

नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रीत हुनेछ ।

 

११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यसाथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिनेछ ।

 

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा भारतमा बोस ग्रुपका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले भने, ‘सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेका हामी प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रशिद्ध मुलुक नेपालमा सेवा सुरु गर्ने पर्खाइमा छौं । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयहरुका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको छ । हामीले हाम्रा अत्याधुनिक र विशिष्ट रुपमा निर्मित उत्पादन तथा सलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेका छौं । हामीलाई प्राप्त निरन्तर सहयोगका लागि हामी नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं र नेपाल र बोसबीच लामो साझेदारी विकासको प्रतीक्षा गर्दछौं ।’

 

नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता लगायत ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरुका लागि कार्यक्रम सुरु गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरेको छ । समय क्रममा बोसले जीवनस्तरलाई अझ माथि उकास्ने लक्ष्य लिएर उपयोगी र रोमाञ्चक उत्पादन तथा समाधान विकास गर्ने उद्देश्य प्राप्तिका लागि अनुसन्धान र विकासमा अर्बौं युरो लगानी गरेको छ ।

 

द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख १ हजार ३०० जनालाई रोजगारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२१ को विक्री ७८.८ अर्ब युरो बराबर छ ।

 

यसको सञ्चालन व्यवसायका चार क्षेत्रमा विभाजित छन्ः मोबिलिटी सलुसन्स, औद्योगिक प्रविधि, सर्वसाधारणले प्रयोग गर्ने वस्तु (कन्जुमर गुड्स) र ऊर्जा तथा भवन प्रविधि हुन् ।

 

प्रमुख आईओटी प्रदायकको रुपमा बोसले स्मार्ट घर, इन्डस्ट्री ४.० र कनेक्टेड मोबिलिटीका लागि नयाँ नयाँ सलुसन्सहरु प्रदान गर्दछ । बोसले दीर्घकालीन, सुरक्षित र रोमाञ्चकारी मोबिलिटीको भिजन पछ्याइरहेको छ । यसले आफ्नो विज्ञता सेन्सर प्रविधि, सफ्टवेयर र सेवामा प्रयोग गर्दछ । यसको आफ्नै आइओटी क्लाउड छ ।

 

यसको उद्देश्य आफ्ना ग्राहकलाई एउटै स्रोतबाट संयोजित, क्रस–डोमेन समाधानहरु प्रस्तुत गर्नु हो । बोस समूहको रणनीतिक उद्देश्य कृत्रिम बौद्धिकता (एआई)युक्त वा यसको सहयोगमा उत्पादित वा विकसित वस्तु र समाधानसँग जोडिएको जीवनलाई सहजीकरण गर्नु हो ।

चिनियाँ ठेकेदारले १३ वर्षदेखि अलपत्र पारेको एउटा आयोजना : न बन्न सक्यो न अर्को ठेक्का लाग्यो Read Previous

चिनियाँ ठेकेदारले १३ वर्षदेखि अलपत्र पारेको एउटा आयोजना : न बन्न सक्यो न अर्को ठेक्का लाग्यो

९ महिनामा सवा १ खर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता Read Next

९ महिनामा सवा १ खर्ब अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता