काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा नेपालले सवा १ खर्ब बढी आर्थिक सहायता प्रतिबद्धता पाएको छ ।
नेपालले चालु आवको चैतसम्म १ खर्ब २६ अर्ब ७ करोड २४ लाख रुपैयाँको अन्तर्राष्ट्रिय आर्थिक सहायता प्रतिबद्धता पाएको हो ।
अर्थ मन्त्रालयका अनुसार प्राप्त प्रतिबद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड २६ लाख रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ ।
जापान, स्वीट्जरल्याण्ड, विश्व बैंक, एसियाली विकास बैंक लगायतका दातृ राष्ट्र तथा निकायबाट उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।