बचतमा राष्ट्र बैंकले नै ११ प्रतिशत ब्याज दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ वैशाखदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र विक्री गर्ने भएको छ । बैंकले ४ वर्ष अवधिको उक्त बचतपत्र विक्री गर्न लागेको हो ।

 

राष्ट्र बैंकले उक्त बचत पत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ । यो झन्डै हाल वाणिज्य बैंकहरुले निक्षेप दिँदै आएको ब्याजदर जति नै हो । वाणिज्य बैंकहरुले हाल निक्षेपमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।

 

यस बचत पत्रको ब्याज भुक्तानी ६/६ महीनामा हुन्छ । इच्छुक लगानीकर्ताले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले कम्तीमा १० हजारदेखि अधिकतम आफूले चाहेजति लगानी गर्न सक्नेछन् । यस्तो बचत पत्रको धितोमा अन्य बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण समेत लिन सकिन्छ।

 

सरकारको लागि आन्तरिक ऋण उठाउन यस्तो बचत पत्र जारी गरिन्छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ४ अर्ब रुपैयाँको बचत पत्र निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यो वैशाखदेखि असारसम्ममा मात्रै ३ अर्ब ३ करोड रुपैयाँ उठाउन लागेको हो।

 

बेलैमा काम नगर्दा अलपत्र बाहिरी चक्रपथ, मुआब्जा दिन समेत छैन बजेट Read Previous

बेलैमा काम नगर्दा अलपत्र बाहिरी चक्रपथ, मुआब्जा दिन समेत छैन बजेट

२४ लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकत Read Next

२४ लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकत