नेपालीले ९ महिनामा ताने ८ करोडको विदेशी हुक्का

काठमाडौं । हुक्का एक प्रकारको ध्रुमपान हो । यो प्रायजसोले आत्मसन्तुष्टिका लागि तान्ने गर्छन् । यसलाई सिसा, नर्घिल, अर्घिले, वाटरपाइप, हुब्बल बब्बल, गोजा लगायतका नामले पनि चिन्निछ ।

 

पछिल्लो समय हुक्का तान्ने चलन फेसनको रुपमा फैलँदै गएको छ । विशेष गरी युवापुस्ता यसप्रति आकर्षित भएको देखिन्छ । बुढापाकाहरु पनि यसका पारखी छन् । हुक्का स्ट्रबेरी, चक्लेट, एप्पल, ग्रेप, बिन, पाइनपल, म्याङ्गो लगायत विभिन्न फ्लेभरमा पाइन्छ ।

 

हुक्का परापूर्वकालदेखि सेवन गर्ने प्रचलन रहँदै आएको पाइन्छ । सताब्दीऔँ अघि समाजका धनाढ्य, ठूलाठालूहरुले धुम्रपानका रुपमा हुक्का सेवन गर्ने गर्थे । यस्तै न्यून वर्गका मानिसहरु पातमा सुर्ती बेरेर बिँडी बनाएर पिउने गर्थे ।

 

चुरोट, खैनी, सुर्ती जस्ता विभिन्न धुम्रपान जन्य वस्तु विकास हुँदै गएपछि विस्थापन हुन गएको हुक्का फेरि प्रचलनमा आएको हो । हुक्का पछिल्लो समय युवा जनमासमा निकै लोकप्रिय हुन थालेको छ । कलेज पढ्दैदेखि चुरोट नखाने युवायुवतीहरु समेत हुक्का पिउने गरेको पाइन्छ ।

 

चुरोट, खैनी नखाने मानिसहरु समेत पछिल्लो समय विभिन्न फेल्बरमा पाइने हुक्का पिउन थालेका छन् । सुरुमा हुक्का माटोबाट बनाइने गरिन्थ्यो । हुक्कामा तम्बाकु हालेर पाइपबाट पिउने गरिन्थ्यो ।

 

हाल हुक्का विदेशबाट समेत आयात हुन थालेको छ । विभिन्न आकारमा हुक्का आयात हुन्छन् । यसका फेल्बर समेत किशोर किशोरीमा चल्तीमा रहेको छ । रेष्टुरेन्टहरुमा हुक्का ग्राहक आकर्षणका लागि राखिने गरेको छ । हुक्काले नेपालमा राम्रो बजार पाएको देखिन्छ ।

 

९ महिनामा भित्रियो ८ करोडको, १७ करोड राजस्व संकलन

 

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ९ महिना (साउन चैत)सम्ममैै ९१ हजार ६६२ केजी हुक्का आयात भएको छ । चालु आवमा उक्त मात्राको हुक्का ७ करोड ९६ लाख ९१ हजार रुपैयाँ तिरेर आयात गरिएको छ । हुक्का आयातका क्रममा १७ करोड ११ लाख ११ हजार रुपैयाँ राजश्व संकलन भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

 

गत आर्थिक वर्ष २०७७/७८ मा ६ करोड ६९ लाख १२ हजार रुपैयाँ बराबरको हुक्का फ्लेभर आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त अवधिमा ८० हजार ५५ केजी हुक्का फ्लेबर आयात भएको थियो । उक्त हुक्का आयात भएको क्रममा १३ करोड २० लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

यस्तै आर्थिक वर्ष २०७६/७७ मा ५६ लाख ६४ करोड रुपैयाँ बराबरको हुक्का आयात भएको थियो । उक्त मूल्यमा ६ हजार २६० केजी हुक्का फ्लेबर आयात भएको थियो । हुक्का आयातका क्रममा १ करोड २ लाख २९ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

हेटौंडामा बर्डफ्लू भेटियो, साढे ३ हजार कुखुरा नष्ट Read Previous

हेटौंडामा बर्डफ्लू भेटियो, साढे ३ हजार कुखुरा नष्ट

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन Read Next

अन्तर्राष्ट्रिय श्रमिक दिवस : श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन