न्यादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं । न्यादी जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

 

मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त प्रसारण लाइनमा जोडिएको हो ।

 

आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा पाँच दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै पाँच दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिजुली जोडिएको छ ।

 

प्राधिकरणले गत ६ गते मङ्गलबारदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गरेको थियो । सफल परीक्षण भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको छ । नदीमा पर्याप्त पानी नहुँदा दैनिक १० देखि १५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख अमात्यको भनाइ छ ।

हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आइपीओ जारी गर्ने Read Previous

हिमालयन हाइड्रोपावरले वैशाख २५ गतेदेखि आइपीओ जारी गर्ने

चिनियाँ नआउँदा दैलेखमा पेट्रोलियम अन्वेषण २ वर्षदेखि ठप्प, २ वर्ष म्याद थप Read Next

चिनियाँ नआउँदा दैलेखमा पेट्रोलियम अन्वेषण २ वर्षदेखि ठप्प, २ वर्ष म्याद थप